
सिन्धुपाल्चोक, ३१ वैशाख- सिन्धुपाल्चोकको तीनवटा मतकेन्द्रमा निर्वाचन प्रभावित भएको छ ।
जिल्लाको मेलम्ची नगरपालिकाको ११ नम्बर वडामा वागेश्वरी आधारभूत विद्यालय केन्द्र, इन्द्रावती गाउँपालिका अन्तर्गतको भोटसिपा मतदान केन्द्रमा विवाद भएको छ ।
मेलम्ची नगरपालिकाको ११ नम्बर वडामा माओवादी केन्द्र र एमालेबीच विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको छ भने भोटसिपा केन्द्रमा मतदान जारी रहेको बेला कांग्रेसका कार्यकर्ताले बलजफती गर्न खोजेपछि एमालेले विरोध गरेको थियो । विवाद बढ्दै गएपछि प्रहरीले हवाइ फायर गरेको छ ।
इन्द्रावती गाउँपालिकाको भिमटारमा रहेको भिमेश्वर माविमा बृद्धबृद्धालाई मतदान गर्न लाने विषयमा विवाद भएको थियो । विवाद भएको स्थानमा विवाद मिलाउने प्रयास भइरहेको छ ।