२६ असार २०८३, शुक्रबार

राजतन्त्र फर्केपछि देशले संकटबाट मुक्ति पाउँछ ? कमल थापाको यस्तो जवाफ

मंसिर १२, २०७७
राजतन्त्र फर्केपछि देशले संकटबाट मुक्ति पाउँछ ? कमल थापाको यस्तो जवाफ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्ने बताएका छन् । 

शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले राजसंस्थाले जादुगरी शैलीमा संकट समाधान गर्ने नभई  संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्ने बताएका हुन् । 

उनले लेखेका छन्,'कतिपयले सोध्छन्-हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि अहिलेको संकटबाट देशले मुक्ति पाउँछ? के पहिले संकट थिएन? निश्चय पनि हिन्दुराष्ट्र र राजसंस्थाले जादुगर शैलीमा संकट समाधान गर्ने होइन,त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ ।' 

उनले मुलुकमा राजसंस्था स्थापित भएमा राम्रो कामको निम्ति योग्य  र इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउँछ। बिदेशी शक्तिले चलखेल गर्ने मौका कम हुने समेत बताएका छन् ।

कतिपयले सोध्छन्-हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि अहिलेको संकटबाट देशले मुक्ति पाउंछ? के पहिले संकट थिएन?...

Posted by Kamal Thapa on Thursday, November 26, 2020

salt training

कमेन्ट गर्नुहोस्