१० साउन २०८३, आइतबार

साना तथा मझौला उद्योगको पीर व्यथा बुझेको छु : प्रधान

मंसिर १२, २०७७
साना तथा मझौला उद्योगको पीर व्यथा बुझेको छु : प्रधान

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले साना तथा मझौला उद्योगी व्यवसायी र जिल्लानगर सबैको पीरव्यथा बुझेको दावी गरेका छन् । 

महासंघको ५४ औं साधारणसभालाई सम्बोधन गर्दै उनले सबैको पीरव्यथा बुझेको भन्दै आफूले चुनाव जित्ने दावी गरे ।

उनले आफू कर्तव्य र अनुशासनमा आफूलाई समर्पित गरेको भन्दै त्यसैमा अडिग रहने बताए ।

उनले आफू उमेरमा अर्का प्रत्यासी चन्द्र ढकालभन्दा जेठो भएकाले आफू नै निर्वाचित हुनुपर्ने तर्क समेत गरे ।

उनले थपे,‘उहाँ मेरो भाइ पनि हो, दाजुलाई अगाडि लगाएर म पछि जानुपर्छ भन्ने कुरा बिर्सनु भयो । म मेरा मित्र, भाई र प्रियलाई म भन्न चाहन्छु कि उहाँको आवश्यकता पनि छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्