१३ असार २०८३, शनिबार

कोरोनाको निःशुल्क उपचार गर्न निजी अस्पताललाई निर्देशन

मंसिर १२, २०७७
कोरोनाको निःशुल्क उपचार गर्न निजी अस्पताललाई निर्देशन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङ जिल्लामा निजी क्षेत्रबाट सञ्चालित तीन कोभिड अस्पतालको आज अनुगमन गरेका छन् ।
 नागरिकले निजी क्षेत्रको अस्पतालबाट कोभिड सङ्क्रमित बिरामीको उपचार नपाई अनाहकमा मृत्यु हुने, निःशुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएको, अत्यधिक लिने, धरौटी रकम राख्नु पर्नेलगायतका गुनासा आएकाले अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मुख्यमन्त्री समक्ष मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा कोभिड बिरामीका आफन्तले मङ्सिर ८ गते अगाडिसम्म रु तीन लाखसम्म धरौटी राख्नु पर्ने, सरकारले तोकेकोभन्दा ज्यादा साधारण, सघन उपचार कक्ष तथा भेन्टिलेरमा उपचार गराउँदा रु १५ हजारदेखि रु ३० हजारसम्म दैनिक तिर्नुपरेका गुनासो व्यक्त गरेका थिए ।

भोजपुर हतुवागढी–४ का राजकुमार राईले आफ्नो फुपू सङ्क्रमित भएको र उपचारका लागि अस्पताल ल्याउँदा रु तीन लाख धरौटी माग  भएकोमा भनसुनबाट रु ५० हजार धरौटी राखेको मुुख्यमन्त्रीलाई जानकारी दिए । उनीहरुले अस्पतालबाट सेवा सुविधा भने राम्रो रहेको जानकारी गराए ।

सो अवसरमा मुख्यमन्त्री राईले अस्पताल प्रशासनलाई सङ्घीय सरकारको नीतिअनुसार मङ्सिर ३ गतेदेखि निजी क्षेत्रको कोभिड अस्पतालले  सङ्क्रमित बिरामीको उपचार निःशुल्क गर्न निर्देशन दिए।

 

 

salt training

कमेन्ट गर्नुहोस्