०३ साउन २०८३, आइतबार

चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

मंसिर १३, २०७७
चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् ।
 
भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । उनी आइतबार साँझ नै फर्कनेछन्। 
 

salt training

कमेन्ट गर्नुहोस्