![उद्योग वाणिज्य महासंघको निर्वाचन : तीन ठाउँबाट मतदान हुँदै [तस्वीरसहित]](https://lktcdn.prixacdn.net/media/%E0%A4%B2%E0%A4%85%E0%A4%85%E0%A4%B7_tyo9lE8S3z.jpg)
कोरोना महामारीका कारण ८ महिना पर धँकेलिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदैछ ।
महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुन लागेको हो ।
कोरोना महामारीका कारण आजको निर्वाचन तीन स्थानबाट हुँदैछ ।
जिल्ला नगरको प्रज्ञा प्रतिष्ठान,एशोसियटको कार्की ब्याङकट र वस्तुगतको महासंघमा निर्वाचन हुँदैछ ।
निर्वाचन स्थलमा उम्मेदवार तथा प्रतिनिधिहरू भेला भइसकेका छन् ।
कोरोना संक्रमित मतदाताका लागि पनि छुट्टै बूथ राखिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनपछि शेखर गोल्छा अध्यक्ष हुँदैछन् ।
निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उमेद्वारहरु चन्द्र ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदैछ ।


