१० साउन २०८३, आइतबार

कोरोना कारण रोकिएको चलचित्र ‘परदेशी–२’को सुटिङ पाल्पा शुुरु, दिलीप रायमाझीको दृश्य खिचियो

मंसिर १३, २०७७
कोरोना कारण रोकिएको चलचित्र ‘परदेशी–२’को सुटिङ पाल्पा शुुरु, दिलीप रायमाझीको दृश्य खिचियो
तस्वीर सुशिल नेपाल

‘परदेशी’ चलचित्रले सफलता पाएपछि यसको दोस्रो सिरिज ‘परदेशी–२’को सुटिङ सुरु भएको छ । कोरोना भाइरसको संक्रमणले रोकिएको चलचित्र क्षेत्र अहिले विस्तारै गति लिन थालेसँगै परदेशी–२ ले पाल्पा आफ्नो सुटिङ शुरु गरेको हो ।

  बिहीबारदेखि माथागढी गाउँपालिकाको विभिन्न स्थानमा चलचित्रको सुटिङ भइरहेको चलचित्र युनिटले जनाएको छ ।

लकडाउनअघि ७० प्रतिशत बढी सुटिङ सकिएको चलचित्रको अहिले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बाँकी सुटिङ शुरु गरिएको युनिटले जनाएको छ ।

बिहीवार माथागढी –४ झडेवा देवगीर पुगेको सुटिङ युनिटलाई स्थानीयबासीले स्वागत गरेका थिए । झडेवा यस चलचित्रका निर्देशक नारायण रायमाझीको गाउँ पनि हो ।

स्थानीयको स्वागतपछि बिहीवार देवगीरमै चलचित्रको सुटिङ गरिएको थियो । बिहीवार अभिनेता दीलिप रायमाझीको दृश्य खिचिएको थियो । बिहीवार र शुक्रबार दुई दिन आफ्नो दृश्य सकेर दीलिप काठमाडौं फर्किएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्