
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा सहभागी हुन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार दिउँसो नेकपा सचिवालय बैठक बस्दैछ ।
नेकपा सचिवालयको बहुप्रतिक्षित बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले जवाफी प्रतिवेदन पेश गर्दैछन् ।
कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई ७ बुँदे पत्र र राजनीतिक प्रतिवेदन पेश गरेका थिए । मंसिर ३ गतेको बैठकमा ओलीले प्रचण्डको आरोपको लिखित जवाफ दिने बताएका थिए । नेकपा सचिवालयका अन्य नेताहरू पनि बालुवाटार पुग्दैछन् ।