१८ असार २०८३, बिहीबार

कोरोनाका कारण मेलौली भगवती मन्दिरमा यस वर्ष जात्रा नहुने

मंसिर १३, २०७७
कोरोनाका कारण मेलौली भगवती मन्दिरमा यस वर्ष जात्रा नहुने

प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेला यो वर्ष नहुने भएको छ । कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा यो वर्ष नलाग्ने भएको हो । कोरोना भाइरसको जोखिम कायमै रहेकाले मेलौली नगरपालिकाले सूचना जारी गर्दै यही मङ्सिर १४ र १५ गते मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा नित्य पूजा मात्रै गर्न दिने निर्णय गरेको छ । 

बलिसहितको भव्य जात्रा लाग्ने मेलामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्दथे । मेलौली भगवती मन्दिर परिसरमा कुनै किसिमका व्यापारिक कक्ष राख्न नदिने, मन्दिर परिसर र मन्दिर नजिक रहेका क्षेत्रमा भीडभाड गर्न नदिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम दत्त भट्टले जानकारी दिए । उनले भने, “कोरोना जोखिम कायमै रहेकाले मेला जात्रामा रोक लगाएका हौँ ।”

यस्तै मङ्सिर १३ गतेदेखि १६ गतेसम्म होटेल, पसल तथा बजार पूर्णरुपमा बन्द गर्ने, सोही समयमा मदिराको कारोवार र सेवनमा पूर्णरुपमा रोक लगाउने, स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परिवारबीच मात्रै जात्रा मनाउन दिने निर्णय गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्