०२ असार २०८३, मंगलबार

काठमाडौँमा आज बढी चिसो महसुस भएको मौसम विभागको दावी

मंसिर १३, २०७७
काठमाडौँमा आज बढी चिसो महसुस भएको मौसम विभागको दावी

काठमाडौँमा आज यो वर्षकै बढी चिसो गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । 

विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयता पश्चिमी वायुको प्रभावले बदली रहेको मौसम रातिदेखि सफा भएसँगै तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए । “राति मौसम सफा भए बिहानको तापक्रम घट्छ, राति बादल लागे बिहानको तापक्रम बढ्छ”, मौसमविद् पौडेलले भने । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । अबको केही दिन देशभरको मौसम सफा भई घाम लाग्ने बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्