
काठमाडौं, ३१ वैशाख — चिनियाँ सरकारले बन्दरगाह, सडक र रेल सञ्जालको पुनर्निर्माणका लागि दशौं अर्ब डलर लगानी गर्ने एक महत्त्वाकांक्षी योजना आइतवार सार्वजनिक गरेको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले बेल्ट एन्ड रोड इनिसिएटिभका लागि १२४ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
बेइजिङमा आइतवार चलेको ओबीओआर सम्मेलनका क्रममा उनले विश्वका नेताहरूलाई सम्बोधन गर्दे आर्थिक विकासका लागि व्यापार महत्त्वपूर्ण रहेको बताए ।
ओबीओआरले एसिया, अफ्रिका, युरोप र त्यसअतिरिक्त ठाउँमा पनि व्यापार सम्पर्क बढाउने उद्देश्य लिएको छ ।
सीले आफ्नो वक्तव्यमा नयाँ रेशममार्ग योजनाले विश्वव्यापी रूपमा चिनियाँ प्रभाव फैलाउने उद्देश्य नलिएको पश्चिमी कूटनीतिज्ञहरूलाई बुझाउन खोजेका थिए ।
नेपालबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराले ओबीओआर सम्मेलनमा भाग लिइरहेका छन् ।
एजेन्सी