
रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ जीलाखोलामा दुई जनाको शव फेला परेको छ ।
उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको रोल्पाका प्रहरी प्रमुख उपरिक्षक नरेश सुवेदीले बताए ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतकहरु भिरबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ । माछा मार्न खोलामा गएका स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।