०३ असार २०८३, बुधबार

प्रचण्डको भाषाशैलीले पार्टीमा गम्भीर संकट निम्त्यायो : ओली

मंसिर १३, २०७७
प्रचण्डको भाषाशैलीले पार्टीमा गम्भीर संकट निम्त्यायो : ओली

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा पेश गरेको प्रस्तावको भाषाशैलीले पार्टीमा गम्भीर संकट निम्त्याएको दाबी गरेका छन् ।

शनिवारको सचिवालय बैठकमा ओलीले पेश गरेको लिखित विचारको शुरूमै प्रचण्डको भाषाशैलीमाथि आपत्ति जनाइएको छ ।

लिखित विचारमा लेखिएको छ, ‘सचिवालय बैठकमा प्रचण्डले वितरण गर्नुभएको प्रस्तावको प्रस्तुति–तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गम्भीर संकट निम्त्याएको छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालय बैठकमा ओलीले प्रतिवेदन पेश गरेका हुन् । 

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रस्तावमाथि अध्ययन गरेर मंसिर १६ गते पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने जानकारी दिए । यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई ७ बुँदे पत्र र राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

प्रचण्डले लगाएको आरोपमाथि ओलीले सचिवालयमा फर्काए यस्तो जवाफ [पूर्णपाठ]

salt training

कमेन्ट गर्नुहोस्