०९ असार २०८३, मंगलबार

अपाङ्गता भएकालाई ह्वीलचियर र टाइसाइकल प्रदान

मंसिर १३, २०७७
अपाङ्गता भएकालाई ह्वीलचियर र टाइसाइकल प्रदान

हेटौंडा  उपमहानगरपालिकाले शारीरिकरुपमा अशक्त मकवानपुरका २६ जनालाई ह्वीलचियर तथा टाइसाइकल वितरण गरेको छ । अपाङ्ग सरोकार केन्द्र मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सो अपागङ्ता सम्बन्धित सामग्री वितरण गरेका हुन् । 

राष्ट्रिय अपाङ्ग महासङ्घ वाग्मती प्रदेश र राष्ट्रिय अपाङ्ग पुनःस्थापना केन्द्र काठमाडौँको सहयोगमा ह्वीलचियर र टाइसाइकल वितरण गरिएको बताइएको छ । 
वितरण गरिएका सामग्रीले अपाङ्गता भएका कारण आवतजावत गर्न सजिलो हुने बताउँदै प्रमुख महतले आफ्नो उपमहानगरपालिकाले नगरसभाबाट बजेट छुट्याएर अपागङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आएको जानकारी दिए । 

उक्त अवसरमा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामा, राष्ट्रिय अपाङ्ग महासङ्घका नेपाल सङ्घीय कार्यसमिति सदस्य सुमन भट्टराई, राष्ट्रिय अपाङ्ग महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष अश्विन लम्साललगायतका वक्ताले अपाङ्गता भएका व्यक्तिको हकहितबारे बोलेका थिए।

salt training

कमेन्ट गर्नुहोस्