
एक जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र ५ प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी प्रहरी किताबखानामा दर्ता भएसँगै बढुवा सिफारिस गर्ने बाटो खुलेको छ ।
नेपाल सरकार तथा गृहमन्त्रालयले थपेको १ जना एआईजी र ५ जना डीआईजीको दरबन्दी नेपाल प्रहरीको किताबखानामा दर्ता भएपछि सरकारलाई बढुवा सिफारिस गर्न बाटो खुलेको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ४ गते थपिएको दरबन्दीको बिहीवार (११ गते) अर्थात ८ दिनपछि प्रहरी किताबखानामा दर्ता भएको थियो ।
सरकारले दरबन्दी थप गरेपनि प्रहरी किताबखानामा दर्ता भएपछि मात्रै बढुवा प्रकृया अगाडि बढ्छ ।
गते ८ गते नेपाल प्रहरीमा एक जना एआईजी र ५ जना डीआईजीको दरबन्दी थप गरेको थियो ।
सङ्घीय संरचनाअनुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृह सचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको सङ्गठनात्मक स्वरुप निर्धारण प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा दरबन्दी थपिएको थियो ।