१५ असार २०८३, सोमबार

भावी मेयरका बन्द बाकस धमाधम मतगणना स्थलमा !

कात्तिक २०, २०७४
भावी मेयरका बन्द बाकस धमाधम मतगणना स्थलमा !

काठमाडौं ३१ वैशाख –पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनको मतदान सकिएलगत्तै मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

सहरी र सुगम भेगका अधिकाशं स्थानमा मतपेटिका मतगणना स्थलमा पुगिसकेको आयोगले जनाएको छ । दुर्गम र विकट क्षेत्रबाट भने मतपेटिका ल्याउने क्रम चलिरहेको आयोगको भनाई छ ।

कतिपय स्थानमा आइतवार रातीबाटै मतगणना सुरु हुनेछ भने धेरैजसो स्थानमा सोमवार बिहानबाट मात्र मतगणना सुरु हुने आयोगले बताएको छ । मतगणनाको जिम्मा सम्बन्धित निर्वाचन अधिकृतलाइै तोकिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्