
बागलुङको बडिगाड गाउँपालिका–२ स्थित लोकमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । ललितपुर घर भई गलकोट आएका किरात लामाले चलाउँदै आएको ध१प २६०७ नंको मोटरसाइकल दुर्घटना हुँदा लामा गम्भीर घाइते भएका हुन् ।
गम्भीर घाइते लामाको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । लामाको टाउको, ढाड र खुट्टामा गम्भीर चोट लागेको छ ।