१३ असार २०८३, शनिबार

स्थानीय तहमा जनप्रतिनिधि आउने भए तर ऐन आएन

कात्तिक २०, २०७४
स्थानीय तहमा जनप्रतिनिधि आउने भए तर ऐन आएन

काठमाडौं, १ जेठ– मुलुकका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधिका लागि आइतबार पहिलो चरणमा निर्वाचन सम्पन्न भएको छ ।

स्थानीय सरकारका रुपमा उनीहरुले आगमन हुँदै गर्दा ‘स्थानीय तह शासन सञ्चालन सम्बन्धमा व्यवस्था’ गर्न बनेको विधेयक भने कम्तीमा उनीहरु स्थानीय सरकारका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यमा सपथ गर्ने बेलासम्म नआउने निश्चितप्रायः भएको छ ।

आइतबार भएको निर्वाचनको परिणाम क्रमशः यसै साता सार्वजनिक हुनेछ । त्यसपछि ती प्रतिनिधिलाई कसरी सपथ गराउने भन्ने आजसम्म अनुत्तरित छ । किनकी जेठ ४ गतेसम्म व्यवस्थापिका संसदको वैठक स्थगित छ । उनीहरुले सपथ गरेको दिन नै चाहिने उक्त ऐन हाल विधेयकको रुपमा व्यवस्थापिका संसदमा टेबुल मात्रै भएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्