२४ असार २०८३, बुधबार

नवलपरासीको कावासोतीमा कांग्रेस अगाडि, गैंडाकोटमा एमाले

कात्तिक २०, २०७४
नवलपरासीको कावासोतीमा कांग्रेस अगाडि, गैंडाकोटमा एमाले

काठमाडौं, १ जेठ –नवलपरासीकोे कावासोती नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कावासोती नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १ सय ८ मतसहित अग्रता लिएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार ७८ र जनमुक्ति पार्टीका उम्मेदवारले १७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नवालपरासीकै गैंडाकोट नगरपालिकामा मेयर पदमा नेकपा एमालेले अग्रता लिएको छ । उक्त नगरपालिकामा गणना गरिएको कुल ५ सय ५३ मतमध्ये एमाले उम्मेदवार २ सय ५६ मतसहित अघि देखिएका छन् । त्यस्तै, २ सय १४ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा देखिएको छ ।

नवलपरासीका प्रमुख निर्वाचन अधिकृत कैलाश केसीले जिल्लाका सबै स्थानीय तहको मतगणना सुरु भइसकेको बताए ।

नवलपरासीमा ८ वटा स्थानीय तहका लागि निर्वाचन भएको हो । जिल्लामा ७३ प्रतिशत मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्