०२ असार २०८३, मंगलबार

नेपालको समर्थन खोज्दै कतार

मंसिर १७, २०७७
नेपालको समर्थन खोज्दै कतार

 सन् २०३० मा हुने एसियाली खेलकुदको आयोजना दाबेदारी पेस गर्न लागेको कतारले त्यसका लागि नेपालको सहयोग र समर्थन खोजेको छ । त्यसकै लागि भनेर कतारी ओलम्पिक कमिटीको प्रतिनिधिमण्डल बुधबार नेपाल आउने भएको छ ।

त्यसको नेतृत्व कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जेए अबलुनैनले गर्दैछन् ।
नेपाल भ्रमणकाक्रममा कतारी प्रतिनिधिमण्डलले नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट्नेछन् र औपचारिक रूपमा आफूहरूलाई सहयोगका लागि अनुरोध गर्नेछन् ।

सन् २०३० को एसियाली खेलकुद आयोजनाको अधिकार पाउन कतार र साउदी अरेबियाबीच कडा प्रतिस्पर्धा चल्ने भएको छ । साउदी अरेबियाले पनि त्यस संस्करणको एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्ने बताइसकेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्