२९ जेठ २०८३, शुक्रबार

चीनलाई जवाफ दिन भारतले पनि ब्रह्मपुत्र नदीमा बाँध बनाउने

मंसिर १७, २०७७
चीनलाई जवाफ दिन भारतले पनि ब्रह्मपुत्र नदीमा बाँध बनाउने

चीनले यार्लुङ जाङ्बो नदीको एक भागमा विशाल बाँध बनाउने भएपछि भारतले पनि ब्रह्मपुत्र नदीमा जलविद्युत् परियोजना निर्माणको योजना बनाइरहेको छ । 

एक भारतीय अधिकारीले भारतको यस महत्त्वाकांक्षी परियोजनाको जानकारी मंगलवार दिएका छन् । 

तिब्बतमा उत्पत्ति भएको यार्लुङ जाङ्बो नदी भारतमा ब्रह्मपुत्र भनी चिनिन्छ । तिब्बतबाट अरुणाचल प्रदेश हुँदै असम अनि बंगलादेशसम्म उक्त नदी बहन्छ । 

चिनियाँ परियोजनाले ब्रह्मपुत्र नदीमा बाढी ल्याउने वा पानीको कमी गराउने हो कि भनी भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । 

चीनको बाँध परियोजनाबाट हुनसक्ने प्रतिकूल प्रभावलाई कम गर्नका लागि अरुणाचल प्रदेशमा ठूलो बाँध बनाउने आवश्यकता रहेको भारतको जल मन्त्रालयका एक वरिष्ठ अधिकारीले रोयटर्स समाचार संस्थालाई बताए । 

उनले भने, ‘हाम्रो प्रस्तावलाई सरकारले विचार गरिरहेको छ । अनि चिनियाँ बाँधको प्रभावलाई घटाउन ठूलो जल भण्डारण क्षमता निर्माण गर्न पनि जरूरी छ ।’

भारत र चीनबीच लद्दाखमा सीमा विवादका कारण तनावपूर्ण सम्बन्ध रहेको अवस्थामा ब्रह्मपुत्रमा बाँध बनाउने योजना अर्को फ्ल्याशपोइन्टका रूपमा विकसित हुन सक्ने भनी केही विश्लेषकहरूले चेतावनी दिएका छन् । यस बाँध निर्माणले भारतको सुरक्षामा जोखिम पर्ने उनीहरूको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्