१३ असार २०८३, शनिबार

गायक आदित्यनारायणको विवाह सम्पन्न, यस्ता छन् तस्वीर

मंसिर १७, २०७७
गायक आदित्यनारायणको विवाह सम्पन्न, यस्ता छन् तस्वीर

गायक तथा रियालिटी टीभी होस्ट आदित्य नारायण विवाह बन्धनमा बाँधिएका छन् । 

मंगलवार उनले लामो समयदेखिकी प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका हुन् । 

आदित्यको विवाहका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । उनीहरूको जोडी सुहाएको छ । 

आदित्यले क्रीम कलरको शेरवानी लगाएका थिए र गुलाबी रंगको दुपट्टा भिरेका थिए । 
 

श्वेताले चाहिँ हल्का गुलाबी र क्रीम कलरको लहंगा लगाएकी थिइन् । विभिन्न गरगहनामा सजिएकी श्वेता निकै सुन्दर देखिएमी थिइन् ।

आदित्यले केही दिनअघि मात्र श्वेतासँगको सम्बन्ध सार्वजनिक गरेका थिए । उनीहरू लामो समयदेखि सम्बन्धमा छन् । विक्रम भट्टले बनाएको शापित नामक फिल्ममा उनीहरू दुवैजना सँगै देखिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्