२८ जेठ २०८३, बिहीबार

पृथ्वीको ‘आँखा फुटेपछि’ रोए वैज्ञानिकहरू

मंसिर १६, २०७७
पृथ्वीको ‘आँखा फुटेपछि’ रोए वैज्ञानिकहरू

विगत ५० वर्षभन्दा धेरै समय पृथ्वीमा बसेर अन्तरिक्षका रहस्यहरू खुलासा गर्न सहायता गर्ने महत्त्वपूर्ण रेडियो टेलिस्कोपमध्ये एक आरेसिबो मंगलवार चकनाचुर भएको छ । 
 

प्वेर्तो रिकोमा रहेको यो महत्त्वपूर्ण अब्जर्भेटरी लामो समयदेखि जर्जर अवस्थामा थियो । 

अन्तरिक्ष हेर्ने पृथ्वीको आँखाका रूपमा रहेको यो रेडियो टेलिस्कोप भत्केको जानकारी दिँदा अन्तरिक्ष वैज्ञानिक अदा मोनजन धुरुधुरु रोए ।
 

आरेसिबोलाई जोगाउने सबै कोशिश बेकार भएको अदाले बताए । यसको ९०० टनको प्ल्याटफर्म ४०० फीट तल रिफ्लेक्टर डिशमा खस्यो । 

त्यसअघि अमेरिकाको राष्ट्रिय विज्ञान प्रतिष्ठानले आरेसिबोलाई बन्द गरिने जानकारी दिएको थियो । 

रेडियो टेलिस्कोप भत्किँदा कसैलाई पनि चोटपटक नलागेको बताउँदै प्रतिष्ठानले आरेसिबो बन्द भएको जानकारी दियो । 
 

आरेसिबोको अतिरिक्त तार गत अगस्ट महिनामा काटिएको थियो जसबाट एक हजार फुट चौडा रिफ्लेक्टर डिशमा १०० फुट चोइटिएको थियो । यसले गर्दा माथि झुण्डिरहेको प्ल्याटफर्म क्षतिग्रस्त भएको थियो । मेन केबल चाहिँ नोभेम्बर महिनामा भत्केको थियो । 

संसारको सबभन्दा ठूलो रेडियो टेलिस्कोप भत्केपछि विज्ञान जगत स्तब्ध भएको छ । 

यो टेलिस्कोप भत्किँदा अन्तरिक्षबाट धर्तीतर्फ आउने खतराको जानकारी दिने एक हतियार कम भएको भनी वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । 
 

आरेसिबोमार्फत वैज्ञानिकहरूले अन्त्रिक्षमा घुम्ने विशाल चट्टानहरूको अध्ययन गर्ने गर्थे ।

यसको राडार ट्रान्समिटरले अन्तरिक्षको वस्तुमा प्रकाश फ्याँक्थ्यो र त्यो प्रकाश परावर्तन भएर फर्किँदा रेडियो डिशले सिग्नल समात्थ्यो । यसबाट वैज्ञानिकहरूले एस्टेरोइड्सको स्थिति, आकार र सतहका विषयमा जानकारी प्राप्त गर्थे । 

salt training

कमेन्ट गर्नुहोस्