०७ असार २०८३, आइतबार

९० महिलाको हत्या गर्ने अमेरिकी सिरियल किलर, जसले ३५ वर्षसम्म एफबीआईलाई नै मात खुवाए

मंसिर १७, २०७७
९० महिलाको हत्या गर्ने अमेरिकी सिरियल किलर, जसले ३५ वर्षसम्म एफबीआईलाई नै मात खुवाए

अमेरिकी प्रहरीलाई विश्वकै प्रभावकारी मानिन्छ । अझै एफबीआई त विश्वकै एक नम्बर खुफिया एजेन्सी मानिन्छ । हालै अमेरिकामा एक सिरियल किलरको कहानीले एफबीआईलाई नै निरन्तर ३५ वर्षसम्म मात खुवाएको पुष्टि हुन्छ । 

सेमुअल लिटिन नामका ७८ वर्षीय ती हत्याराले ३५ वर्षसम्म ९० भन्दा बढी महिलाको हत्या गरेका छन् । सन् २०१२ मा पक्राउ परेका हुन् १९७० देखि २००५ सम्म आफूले ९० भन्दा बढी महिलाको हतया गरेको स्वीकारेका छन् । अमेरिकी अदालतले उनलाई अहिले तीन वर्षको सजाय सुनाएको छ । यसअघि तीन पटक उनलाई जन्मकैदको सजाय पनि सुनाइसकेको थियो । 

उनले स्वीकारेको हत्या आरोप पुष्टि भयो भने अमेरिकी इतिहासमै सबैभन्दा बढी व्यक्तिको हत्या गर्ने हत्याराको सूचीमा सेमुअल पर्नेछन् । उनको यो बयानले अमेरिकी प्रहरी र एफबीआईलाई अचम्मित बनाएको छ ।

साथै विश्वको नम्बर एक दाबी गर्ने एफबीआईलाई ३५ वर्षसम्म ९० जनाको हत्यापछि पनि मात खुवाउने सेमुअल पहिलो व्यक्ति नै बन्नेछन् । 

३५ वर्षमा ९० हत्या

सेमुअलले ३५ वर्षको अवधिमा ९० हत्या गरेको स्वीकारेका छन् । यसमा ३४ हत्याको पहिले नै पुष्टि भइसकेको छ ।

सेप्टेम्बर २०१२ मा सेमुअललाई गिरफ्तार गरिएको थियो । पक्राउपछि उनलाई क्यालिफोर्निया लगिएको थियो । उनलाई पहिला तीन महिलाको हत्या आरोपमा पक्राउ गरिएको थियो ।

लस एन्जेलिस प्रशासनले १९८७ देखि १९८९ बीच भएको तीन महिलाको हत्या आरोपमा पुष्टि गर्न समेुअलको डीएनलाई मिलान गराएको थियो । डीएनए मिलेपछि उनले एक एक गर्दै आफ्नो हत्याबारे कहानी बताएका हुन् ।

यी तीन महिलालाई पहिला कुटपिट गरिएको थियो । त्यसपछि घाँटी च्यापेर हत्या गरी शवलाई गाडिएको थियो । सेमुअललाई यी तीन महिलाको हत्यामा सजाय सुनाइएको थियो ।

अहिले उनको बयानपछि प्रहरीले एफबीआईमार्फत उक्त डीएनए मागेको छ । अरु हत्यामा पनि जानकारी लिनका लागि एफबीआईसँग डीएनए माग गरिएको हो ।

अचम्मको कुरा त के छ भने, सेमुअल जुन व्यक्तिको हत्या गर्दथे उनीहरु सबै यादमा रहेको बताएका छन् । यतिमात्रै नभइ हत्या भएका सबैको अनुहारसमेत याद रहेको एफबीआईसमक्ष आफ्नो बयान दिएका छन् । 

एकै तरिकाले सबैको हत्या

सेमुअलल् ९० भन्दा बढी महिलाको हत्या गरेका छन् । उनलाई तीनपटक जन्मकैदको सजाय सुनाइएको छ । सोधपुछका क्रममा उनले आफ्नो क्रुर हत्याबारे जानकारी दिएका छन् ।

१९८० को दशकमा उनले एक्लै लस एन्जेलिसमा कैयौं महिलाको हत्या गरेका थिए । अचम्म लाग्दो कुरा त के छ भने सेमुअल एक एक गर्दै हतया गर्दै गए पनि विश्वकै प्रभावकारी मानिएको अमेरिकी प्रहरी उनलाई पक्राउ गर्न असफल थियो ।

उनले सबै हत्या एकै तरिकाले गरेका थिए । प्रहरीले हत्याको प्रकृति हेर्दै सबै हत्या एकै व्यक्तिले गरेको हुनसक्ने अनुमान लगाएको थियो । 

गरिब महिलालाई आफ्नो शिकार बनाउथे 
 

अमेरिकी प्रहरीका अनुसार उनले ज्यादा तर गरिब महिलालाई नै आफ्नो शिकार बनाउने गरेका थिए  ।

जो महिला नशाको कुलतमा फसेका हुन्थे त्यस्तैलाई उनले आफ्नो शिकार बनाउथे । एक एक गर्दै निरन्तर हत्या गर्दै गए पनि प्रहरीबाट हरेकपटक उनी बच्दै आएका थिए ।

अमेरिकी प्रहरीले उनलाई वर्षौंदेखि खोजी गर्दै आएको थियो । सन् २०१२ मा पहिलोपटक प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनले एक एक गर्दै आफ्नो अपराध स्वीकार गरेका हुन् ।

३५ वर्षसम्म निरन्तर हत्यामा संलग्न भए पनि अमेरिकी प्रहरीले लामो समयसम्म पक्राउ गर्न नसकेको भन्दै एफबीआईमाथि नै विश्वसनियताको प्रश्न खडा गरेका छन् सेमुअलले । 

कमेन्ट गर्नुहोस्