२३ असार २०८३, मंगलबार

कोभिडविरुद्ध फाइजरको खोपलाई बेलायतले दियो स्वीकृति, अर्को साताबाट उपयोगमा ल्याइने

मंसिर १७, २०७७
कोभिडविरुद्ध फाइजरको खोपलाई बेलायतले दियो स्वीकृति, अर्को साताबाट उपयोगमा ल्याइने

कोरोनाभाइरसविरुद्ध फाइजर बायोनटेकले बनाएको खोप प्रयोग गर्न दिने संसारको पहिलो मुलुक बेलायत भएको छ । 

बेलायतको स्वास्थ्य नियामक एमएचआरएले यस खोपबाट कोभिडविरुद्ध ९५ प्रतिशत सुरक्षा दिने र आगामी हप्तादेखि प्रयोग गर्न यो सुरक्षित रहेको जनाएको छ । 

उच्च प्राथमिकता समूहमा रहेका व्यक्तिहरूलाई केही दिनभित्रै खोप दिइनेछ । 

बेलायतले खोपको चार करोड डोज मगाएको छ । त्यसले दुई करोड मानिसलाई दुईवटा शट दिन पुग्नेछ । 

लगभग १ करोड डोज तत्कालै उपलब्ध हुनेछ । आरम्भिक डोजहरू केही दिनभित्रै बेलायत आइपुग्नेछन् । 

सामान्यतया खोप बनाउन लगभग एक दशक लाग्छ तर यो खोपको अवधारणादेखि उपयोगको चरण जम्मा १० महिनाको रह्यो । 

खोप आएको भए पनि मानिसहरू सतर्क हुनुपर्ने र कोराना नियम पालन गर्नुपर्ने विज्ञहरू बताउँछन् । 

अर्थात्, भौतिक दूरी र मास्क लगाउने काम अनिवार्य गर्नुपर्ने र भाइरस भएका मानिसको जाँच गरेर एकान्तवासमा राख्नुपर्ने हुन्छ । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्