
बुटवलको हस्पिटल लाइनमा भएको सडक दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।
राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ आउँदै गरेको ना७ख १३३९ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको लु४९प २५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा बुटवल उपमहानगरपालिका–८ बस्ने ४९ वर्षीय भरत शर्माको मृत्यु भएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।