२७ जेठ २०८३, बुधबार

सामाजिक सञ्जालमा कानुनविपरीत कार्य नगर्न साइबर ब्यूरोको अनुरोध

मंसिर १७, २०७७
सामाजिक सञ्जालमा कानुनविपरीत कार्य नगर्न साइबर ब्यूरोको अनुरोध

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा कानुन विपरीतका कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ ।

सामाजिक सञ्जालमा लैंगिकता, फरक क्षमता भएका, महिला तथा बालअधिकार लगायतका संवेदनशील विषयको ख्यान नगरी पोस्ट गर्ने भिडियो बनाएर सम्प्रेशण गर्नेलगायतका गतिविधि भएको भन्दै साइबर ब्यूरोबाट अनुसन्धान भइरहेको जनाएको छ । 

यस्ता गतिविधिबारे साइबर ब्यूरोमा उजुरी पर्ने क्रम रहेको र केहीमाथि कारबाही पनि भएकाले त्यस्ता काम नगर्न अनुरोध गरेको छ ।

सामाजिक सञ्जालमा हुने यस्ता गतिविधिले सामाजमा अपराधिक क्रियाकलाप पनि बढीरहेको भन्दै ब्यूरोले अनुसन्धान गरिरहेको जनाएको छ । 

एक विज्ञप्ति जारी गर्दै ब्यूरोले पछिल्लो समय टिकटकमा लैगिंकता, फरक क्षमता भएका र बालअधिकार लगायतका विषयमा ख्यालै नगरी भिडियो बनाउने क्रम बढिरहेकाले त्यस्ता गतिविधिमाथि निगरानी गरिरहेको पनि बताएको छ ।

साथै यस्ता गतिविधि गर्ने जोकोहीलाई पनि कानुनअनुसार कारबाही गर्ने चेतावनी दिँदै ब्यूरोले तत्काल असंवेदनशील गतिविधिमा रोक लगाउन अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्