२३ जेठ २०८३, शनिबार

विकल्पबिना पाठ्यपुस्तक वितरणले संस्थालाई कामविहीन बनायोः मन्त्री अर्याल

मंसिर १७, २०७७
विकल्पबिना पाठ्यपुस्तक वितरणले संस्थालाई कामविहीन बनायोः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पछिल्लो समय सरकारले दिएको जिम्मेवारी ‘देशब्यापी पाठ्यपुस्तक वितरण’ बाट बिना विकल्प संस्थालाई कामविहीन बनाएको बताएकी छन् । 

साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा साझा प्रकाशनले आयोजना गरेको ‘साझा प्रकाशनः आजको सन्दर्भ’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै आर्थिक सन्तुलन र व्यवस्थापकीय समस्याको कारण संस्थाको स्थिति गम्भीर अवस्थामा पुगेको बताएकी हुन् । 

यस्तै, उनले संस्कृतिको साम्राज्य नहारेको पनि बताएकी छिन् । मन्त्री अर्यालले साझा प्रकाशनले अक्षरमार्फत नेपाली भाषा, साहित्य, कला–संस्कृति, शिक्षा र समग्र वाङ्मयको विकासका, विस्तार र उन्नयनमा उच्च भूमिका खेलेको बताए । 

‘भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा समर्पित रहेको साझा प्रकाशन साहित्यका सबै विद्या सहित–भाषा, व्याकरण, शब्दकोष, इतिहास, विज्ञान र प्रविधि, जीवनी, दर्शन, अध्यात्म लगायतका विषयमा १२ सय भन्दा बढी पुस्तक प्रकाशनको इतिहास बोकेको छ,’, मन्त्री अर्यालले भनिन्, ‘भाषा, कला र संस्कृतिको साम्राज्य अझैपनि ज्यूँदैछ । हारेको छैन ।’

संस्थाको प्राण भनेको आर्थिक र प्रशासनिक व्यवस्थापकीय शिल्प भएको भन्दै उनले यसमा देखिएका कमिकमजोरी सच्याएर साझा प्रकाशनलाई अझै पनि आकर्षक संस्था बनाउन सकिने बताइन् । 

मन्त्री अर्यालले विगतको विरासत र गौरवलाई जोगाउनका निम्ती अहिलेको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नसमेत आग्रह गरिन् । 

सहकारी संस्थामार्फत सञ्चालित संस्था भएका कारण सहकारिताको मर्म, मूल्य र मान्यतामा रहेर साझा प्रकाशन सञ्चालन गर्न आग्रह गर्दै मन्त्री अर्यालले आधुनिक प्रविधिकिो प्रयोगद्वारा छापाखाना÷प्रेस सञ्चालन गर्न समेत आग्रह गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्