
युवतीसँग होटलमा भेटिएका प्रहरी नायब उपरीक्षक भरतराज चौधरीलदाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक चौधरीलाई प्रहरी आचरणविपरीत काम गरेको भन्दै मन्त्रालयले निलम्बन गरेको हो ।
मंसिर ९ गते राति सम्पर्कविहीन बनेका डिएसपी बुधबार बिहान स्थानीय होटलमा युवतीसँग भेटिएका थिए ।
९ गते राति डयुटीबाटै सम्पर्कबिहीन भएका डिएसपी चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका थिए ।
रातिको समयमा ड्युटीमै रहेका डिएसपी सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालयले ठूलो मात्रामा प्रहरी परिचालन गरी खोजी गरेको थियो ।