०२ साउन २०८३, शनिबार

रिहा भएपछि रामचन्द्र पौडेलको यस्तो प्रतिक्रिया

मंसिर १७, २०७७
रिहा भएपछि रामचन्द्र पौडेलको यस्तो प्रतिक्रिया

निषेधाज्ञा तोडेका आरोपमा आज अपराह्न पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घण्टापछि रिहा भएका छन् ।

 तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजे उनी पक्राउ परेका थिए ।

प्रहरीले वरिष्ठ नेता पौडेल, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।
रिहा भएपछि पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकामा आपत्ति जनाए ।  ‘तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ’, उनले भने, ‘उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।’ प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएको भनी उनले आपत्ति जनाए ।

salt training

कमेन्ट गर्नुहोस्