१४ असार २०८३, आइतबार

तनहुँ प्रकरणः घटनाको विरोधमा काँग्रेसले आन्दोलन गर्ने

मंसिर १७, २०७७
तनहुँ प्रकरणः घटनाको विरोधमा काँग्रेसले आन्दोलन गर्ने

नेपाली काङ्ग्रेस तनहुँले आज भएको घटनाको विरोध गर्दै बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति  जीतप्रकाश आलेले घटनाको निन्दा गर्दै  आन्दोलन शुरु  गरिने घोषणा गरे ।

आज अपराह्न प्रहरीसँग भएको झडपमा जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल र  महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको काङ्ग्रेसले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो ।
 उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा आजै बिहान विरोधसभा आयोजना गरेको थियो ।

दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल काङ्ग्रेस कार्यकर्तासहित पुल भएको स्थानमा जान खोजेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको थियो भने पौडेलसहितका नेताहरु पक्राउ परेका थिए । पौडेल साँझ नै रिहा भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्