१९ असार २०८३, शुक्रबार

नेपाल भारत सीमाका भन्सार कार्यालयहरुमा प्रभु बैंकको काउण्टरहरु थप समयका लागि सञ्चालनमा

मंसिर १८, २०७७
नेपाल भारत सीमाका भन्सार कार्यालयहरुमा प्रभु बैंकको काउण्टरहरु थप समयका लागि सञ्चालनमा

नेपाल भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरु भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व/भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंक लि. का एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन् । 

सो सम्बन्धी नविकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौका तर्पmबाट महानिर्देशक श्री सुमन दहाल र प्रभु बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले बुधवार गतेका दिन हस्ताक्षर गरेका हुन् । 

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंक लि. को गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।

यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा छिटो छरितो हुन गई सहजीकरण हुने समेत बैंकले विश्वास लिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्