
नवलपरासी, १ जेठ–आइतवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । नवरपरासीमा पनि यतिखेर मतगणना जारी रहेको छ । नवलपरासीका कुन नगरपालिकामा कसले नेतृत्व गरिरहको छ, हेरौं–
कावासोती नगरपालिकानवलपरासीको कावासोती नगरपालिकामा एमालेका चन्द्र पुनले २०९ मत ल्याएर अग्रता बनाएका छन् भने नेपाली कांग्रेसका महेन्द्र पोखरेलले ९८ मत ल्याएका छन् भने माओवादी केन्द्रका डसीराम बस्यालले १४ मत ल्याएका छन् ।
गैडाकोट नगरपालिका नवलपरासीको गैडाकोट नगरपालिकामा एमालेका छत्र पौडेलले २५६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका गजेन्द्र आलेले २१४ मत ल्याएका छन् भने माओवादी केन्द्रका दुर्गा ढुंगाना २४ मत ल्याएका छन् ।
देबचुली नगरपालिका नवलपरासीको देवचुली नगरपालिकामा नेपाली कांग्रेसका पूर्णप्रसाद श्रेष्ठ ४९९ मत ल्याएका छन् भने एमालेका हरि न्यौपानेले ४२५ मत ल्याएका छन् । माओवादी केन्द्रका सत्यनारायण भुषलले २६२ मत ल्याएका छन् ।
मध्यविन्दु नगरपालिका
नवलपरासिको मध्यविन्दु नगरपालिकामा एमालेका भीमलाल अधिकारी २१५ मतका साथ अगाडि छन् भने नेपाली कांग्रेसका चन्द्रबहादुर राना १६३ मत ल्याएका छन् । माओवादी केन्द्रका सुष्मा खनाल १४ मतका साथ तेस्रो स्थानमा छन् ।
विनयी त्रिवेणी गाउँपालिका
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसका डम्बर बहादुर जिसी ६८२ मतका साथ अगाडि छन् भने एमालेका लक्ष्मण बहादुर पाण्डे ४०५ मतका साथ दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका कृष्ण प्रसाद पाण्डेले मत पाएका छैनन् ।