
कोरोना संक्रमणबाट फ्रान्सका पूर्व राष्ट्रपतिको निधन भएको छ । ९४ वर्षीय पूर्व राष्ट्रपति भेलरी गिसकार्ड डिएस्टेङको बुधबार मध्यरात उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
उपचारपछि स्वस्थ भएर घर फर्किएका थिए । तर, डिएस्टेङलाई बुधबार पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । उनी सन् १९७४ देखि १९८१ सम्म फ्रान्सका राष्ट्रपति बनेका थिए ।
युरोपियन देशलाई एकजुट बनाउने नेताका रुपमा उनलाई चिनिन्छ ।