
काठमाडौं, १९ मंसिर – शिक्षण अस्पतालका ठाक्टर गोविन्द केसीले आफ्नो २२ दिन देखिको आमरण अनसन तोडेका छन् । उनलाई सिन्धुपाल्चोकका बालक मर्स्याङ तामाङले जुस खुवाएर अनसन तोडाएका हुन् । मर्स्याङका बुवा आमाको भूकम्पमा परेर ज्यान गएको थियो । सरकारले केसीसँग १२ बुँदे सम्झौता गरेपछि केसीले आफ्नो १० औं अनसन तोडेका हुन् ।

