२६ जेठ २०८३, मंगलबार

इदि अमिन र केपी ओलीमा कुनै फरक छैन  : प्रदीप पौडेल

मंसिर १८, २०७७
इदि अमिन र केपी ओलीमा कुनै फरक छैन  : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले इदि अमिन र केपी ओलीमा कुनै फरक नभएको बताएका छन् ।

तनहुँमा बुधवार प्रशासनले रोकेको पुल उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पौडेलले केपी ओलीले संविधान कानून सबै आफैँ हुँ भन्ने अहं देखाउन थालेको भन्दै इदि अमिन र उनीमा कुनै फरक नभएको बताए ।

उनले तनहुँका सीडीओ सागर आचार्यलाई तत्काल तनहुँबाट सरुवा मागेर जान पनि सुझाव दिए । उनले सिडियो आचार्यसँग सीडीओ हुने योग्यता नरहेको भन्दै भाषणमा आगाडि भने– ‘सीडीओसाव अब तनहुँमा नबस्नुहोला ।

रामचन्द्र पौडेल जत्तिको मान्छेलाई मैले पुल उद्घाटन गर्नबाट रोक्न मिल्दैन भनेर माथिल्लो निकायमा भन्न सक्नुभएन ।

हिजो पुल उद्घाटन गर्नबाट रोक्न निषेधाज्ञा जारी गर्नुभयो, रामचन्द्र पौडेललाई पक्राउ गर्नुभयो । आज खै सकेको ? जनसागर देखेर डराउनुभयो । त्यसैले तपाईँसँग सीडीओ हुने योग्यता रहेनछ, अब तनहुँमा नबस्नुहोला ।’

उनले रामचन्द्र पौडेलमाथि योग्यता नपुगेको केटाकेटी सीडीओ र ओलीले नियतवश प्रहार गरेको बताए ।

उनले तनहुँका सांसद किसान श्रेष्ठमाथि पनि प्रहार गरे ।

श्रेष्ठ एक दिन पनि कष्टडीमा नपरेको र  पञ्चायतमा होइन गणतन्त्रमा पनि नलडेको भन्दै उनले सम्पत्ति शुद्धीकरण विभाग ओलीको कब्जामा हुँदैनथ्यो भने छानबिन सांसद श्रेष्ठबाटै शुरू हुन्थ्यो भने ।

salt training

कमेन्ट गर्नुहोस्