
काठमाडौं, १ जेठ –धादिङको नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच झडप हुँदा एमालेका तीन जना कार्यकर्ता घाइते भएका छन् ।
दुई पार्टीबीच गएराति झडप भएको हो । आक्रमणमा परी एमाले कार्यकर्ताहरु ललित थापा मगर, गणेश थापा मगर र राजेन्द्र थापा मगर गम्भीर घाइते भएका छन् ।
झडपमा परी घाईते भएकाहरूलाई उपचारका लागि राजधानी ल्याइएको छ ।