११ साउन २०८३, सोमबार

शरीर स्वस्थ राख्न नियमित खानुहोस् यस्ता खानेकुरा

मंसिर २०, २०७७
शरीर स्वस्थ राख्न नियमित खानुहोस् यस्ता खानेकुरा

शरीर स्वस्थ राख्नका लागि खानेकुराको भूमिका महत्वपूर्ण हुन्छ । अहिले प्राय मानिसहरु बाहिरको खाना खान रुचाउँछन् । जुन हाम्रो शरीरकाका लागि हानिकारक पनि हुनसक्छ । 

अधिक मात्रामा फलफूलको सेवनले शरीरलाई स्वस्थ राख्छ । हाम्रो गाउँघरमै पाइने फलफूल पाइने आँप, मेवा, अमला, भुइँकटहरजस्ता फलफूलको सेवनले शरीरलाई आवश्यक पोषक तत्व पुग्छ ।

यस्तै, आरु, खारुबखडा, चुत्रो काफल, लिचि, गोलभेडा जस्ता फलफूलले पनि शरीरलाई फाइदा हुन्छ । यस्ता फलफूल नियमित खानाले शरीरलाई सामान्य रोगको संक्रमणबाट बच्न मद्दत गर्दछन् । 

माछामासु भन्दा पनि सागसब्जीमा बढी ध्यान दिनुहोस । रायो, चम्सुर, पालुङ्गो, मेथी, काउलीको पात, मूलाको पात, कर्कलो, फर्सीको मुन्टा, सिस्नु, लट्टे, बेथे, धनियाँ आदि फलफूल भान्सामा प्रयोग गर्नुपर्छ । 

अन्य तरकारीमा –भेडे खुर्सानी, रामतोरिया, सिमी, बोडी, फर्सी, बन्दा, काउली, भ्यान्टा, करेला,बरेला, इस्कुस, लौका, मूला, गाजर, गान्टेमुला आदि । यसका साथै जंगलमा पाइने खान हुने फलफूल, तरकारी तथा सागपात जस्तै निउरो, जलुको आदि पनि स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्