
कृषि कानुन पारित भएपछि अहिले भारतका पूरै किसान आन्दोलनमा छन् । यस अवस्थामा बलिउड कर्मी पनि आ–आफ्नो राय सुझाव सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन् ।
किसान १० दिनदेखि सडकमै सुतेका छन् । किसानको यो समस्या देखेर बलिउड अभिनेता धर्मेन्द्र पनि चिन्तित बन्दै सरकारलाई समस्याको समाधानका लागि अनुरोध गरेका छन् ।
उनले टट्वीट गर्दै समस्याको समाधान निकाल्ने कुरा गरेका थिए । धर्मेन्द्रले ट्वीट गर्दै सरकासँग किसानको समस्या समाधान तत्काल गर्न भनेका थिए, तर एक्कासी उनले आफ्नो ट्वीट नै हटाए ।
धर्मेन्द्रले ट्वीट डिलिट गरेपछि सबै चलचित्रकर्मी अचम्मित बनेका थिए । उनले आफ्नो ट्वीट डिलिट गर्नेको कारणबारे सफाए दिएका छन् ।
ट्वीट डिलिट भएपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल बनाइएको थियो । एक ट्वीटर युजरले उनको ट्वीटको स्क्रिनसट शेयर गर्दै लेखेका छन्, ‘पञ्जावका आइकन धर्मेन्द्रले १३ घण्टाअघि ट्वीट गरेका थिए, तर पछि यसलाई हटाउनुभएको छ । केही त बाध्यता अवश्य होला । न नत्र कोही बेफाल्तु त हुँदैन ।’
यो ट्वीटमा आएको आलोचनापछि धर्मेन्द्रले आफूले ट्वीट हटाउनुको कारण बताएका छन् । धर्मेन्द्रले युजरको ट्वीट शेयर गर्दै अनावश्यक कमेन्ट देखेर ट्वीट डिलिट गरिदिएको बताएका छन् ।
उनले भनेका छन्, ‘तपाइँको यस्तै कमेन्ट देखेर दुःखी हुँदै ट्वीट डिलिट गरेको थिएँ । मनभरीको गाली दिनुहोस । तपाइँको खुशीमा मेरो पनि खुशी छ । हाम्रा किसान दाजुभाइका लागि बहुत दुःखी छु । समस्या समाधानका लागि सरकारले तत्काल कुनै पहल थाल्नुपर्छ । मेरो कसैसँग कुनै सुनुवाइ छैन ।’