१४ असार २०८३, आइतबार

निर्वाचन क्षेत्रसम्म पुग्यो प्रचण्ड–नेपाल पक्षको गुटगत छलफल, गोकर्णेश्वरमा भेला

मंसिर २०, २०७७
निर्वाचन क्षेत्रसम्म पुग्यो प्रचण्ड–नेपाल पक्षको गुटगत छलफल, गोकर्णेश्वरमा भेला

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निर्वाचन क्षेत्र स्तरमै गुटगत भेला गर्न थालेका छन् ।

शुक्रवार काठमाडौंको थापाथलीमा युवा–विद्यार्थीको भेला गरेर प्रचण्ड–नेपाल पक्षले शनिवार काठमाडौंको ३ नम्बर निर्वाचन क्षेत्रको गोकर्णेश्वरमा गुटगत भेला गर्दैछ ।

शनिवार दिउँसो १ बजे डाँकिएको भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य प्रमुख अतिथि रहने जनाइएको छ । भेलामा प्रदेश अध्यक्ष नारायण दाहालले समेत सहभागिता जनाउने छन् ।

कार्यक्रममा प्रमुख अतिथि रहने इन्चार्ज शाक्यले पार्टीलाई क्रियाशील बनाउन भेला भइरहेका जानकारी दिइन् । शुक्रवारको युवा–विद्यार्थी भेलामा समेत शाक्य प्रमुख अतिथि थिइने् ।

‘एकतर्फबाट विभिन्न गुट–उपगुटका क्रियाकलाप भइराख्ने र अर्काे पक्ष चुप लाग्ने स्थितिले अप्ठ्यारो हुने भएकाले हाम्रो पक्ष पनि चलायमान गर्न भेलाहरू भइरहेका छन्,’ इन्चार्ज शाक्यले भनिन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले मदन भण्डारी फाउन्डेसनका नाममा गुटगत भेला गर्दै आएको थियो । पार्टी केन्द्रीय कमिटीले फाउन्डेसनका नाममा हुने गुटगत भेला नगर्ने निर्णय गरेपछि पनि ओली पक्षले भेला नरोकेपछि प्रचण्ड–नेपाल समूह समेत सक्रिय भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्