०८ साउन २०८३, शुक्रबार

जुत्ताभित्र लुकाएको ब्राउनसुगरसहित एक युवा पक्राउ

मंसिर २०, २०७७
जुत्ताभित्र लुकाएको ब्राउनसुगरसहित एक युवा पक्राउ

सुर्खेतमा एक प्रहरीले एक युवालाई ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरवालिका–९ लाटीकोइलिस्थत सिदार्थ टोलनजिक हिँडिरहेका बेला शंका लागि खानतलासी गर्दा युवकको साथबाट ब्राउनसुगर बरामद गरेको छ ।

दैलेखको नारायण नगरपालिका ७ घर भइ वीरेन्द्रनगर–४ भैरवस्थान बस्दै आएका २० वर्षीय भुपेन्द्र मिजारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

खानतलासी गर्दा जुत्ताभित्र लुकाइराखेको ८० ग्राम ब्राउनसुगरसहित मिजारलाई नियन्त्रणमा लिइएको हो । प्रहरी निरीक्षक कनक बहादुर शाहीको टोलीले मिजारलाई ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्