
काठमाडौं, १ जेठ– आइतवार सम्पन्न स्थानीय तहको चुनावको मतगणना जारी रहेको छ । विभिन्न महानगरपालिका, नगरपालिका र गाउँपालिकाको मतगणना जारी रहेको हो । काठमाडौं, भरतपुर र पोखरा महानगरपालिकामा मतगणना केही बेरमा शुरु हुने तयारी भएको छ भने ललितपुर महानगरपालिकामा मतगणना जारी रहेको छ ।
पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसले अवस्था केही सुधार गर्दै अग्रता लिएका छ । कांग्रेसले १ स्थानमा जित दर्ता गर्दै १६ स्थानमा अग्रता लिएको छ भने, नेकपा एमालेले २ स्थानमा जित हात पार्दै १४ स्थानमा अगाडि छ । त्यस्तै माओवादी केन्द्र ५ स्थानमा अगाडि रहेको छ ।
दोलखादोलखाको जिरी नगरपालिकामा नेपाली कांग्रेसका सोनाम शेर्पाले ३०१ मत ल्याएका छन् । माओवादी केन्द्रका गोल्बु शेर्पाले १६६ मत ल्याउदा एमालेका टंक जिरेलले १३६ मत ल्याएका छन् ।
काभ्रेकाभ्रेको बनेपा नगरपालिकामा एमालेका लक्ष्मी नरसिंह बादेले १३७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका राम जोशीले १०९ मत ल्याएका छन् ।
मकवानपुरमकवानपुरको थाहा नगरपालिकामा एमालेका विष्णु ढकाल ३१७ मतका साथ अगाडि छन् भने माओवादी केन्द्रका लवशेर विष्ट २५९ मत ल्याएका छन् । भने राप्रपाले २ मत ल्याएको छ ।
त्यस्तै मनहरी गाउँपालिकामा एमालेका एकराज उप्रेतीले ७० मत ल्याएका छन् भने नेपाली कांग्रेसका शंकर न्यौपानेले ४५ मत ल्याएका छन् । माओवादी केन्द्रका रामहरि सुवेदी ४३ मतका साथ तेस्रो स्थानमा छन् । राप्रपाका गोविन्द रिजालले १८ मत ल्याएका छन् ।
ललितपुर,कन्ज्योसोम ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्दै्रका mगोपी स्याङ्तान २६५ मत सहित पहिलो स्थानमा रहदा एमालेका कृष्णमान लामा १९९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेसका राजन घिमिरे ८३ मतका साथ तेस्रो स्थानमा छन् ।
महांकाल गाउँपालिकाललितपुरको महांकाल गाउँपालिकामा एमालेका रामचन्द्र दाहाल २५५ तथा माओवादी केन्द्रका बुद्ध नेगी १३२ मतका साथ दोस्रो स्थानमा रहँदा नेपाली कांग्रेसका भीमसेन घिमिरेले १०९ मत ल्याएका छन् ।
महालक्ष्मी नगरपालिका ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका रामेश्वर श्रेष्ठले २०१ मत ल्याएका छन् भने माओवादी केन्द्रका शिव कट्टेलले १२६ मत ल्याएका छन् । नेपाली कांग्रेसका महेश खड्काले ७९ मत ल्याएका छन् ।
ललितपुर महानगरपालिकाललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ३६७ मतका साथ पहिलो स्थानमा हुँदा एमालेका हरिकृष्ण व्यञ्जनकार ३०९ मतका साथ दोस्रो स्थानमा छन् । त्यस्तै माओवादी केन्द्रका दीपेश महर्जन ११२ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
बाग्मती गाउँपालिका
ललितपुरको वाग्मती गाउँपालिकामा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन १३४ मत ल्याएका छन् भने एमालेका दुर्गा घिमिरेले ६६ मत पाएका छन् । त्यस्तै माओवादीका राजु आलेमगरले १८ मत ल्याएका छन् ।
काठमाडौंको विभिन्न नगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस ४ स्थानमा अगाडि हुँदा नेकपा एमाले २ स्थानमा अगाडि छ त्यस्तै माओवादी केन्द्र १ स्थानमा अगाडि छन् ।
काठमाडौ.को कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसमा मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले २५६ मत ल्याएका छन् भने एमालेका कृष्णहरि थापाले १५३ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका कृष्णहरी फुयाँलले १०१ मत ल्याएका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिकामा माओवादी केन्द्रका श्रकिृष्ण श्रेष्ठ अगाडि छन् । त्यस्तै नेपाली कांग्रेसले ४०४ मत पाएका छन् ।
टोखा नगरपालिकामा नेपाली कांग्रेसका हरिहर अधिकारीले ३०३ मतका साथ अग्रता लिएका छन् भने उनलाई एमालेका प्रकाश अधिकारीले २९६ मतका साथ पछ्याइरहेका छन् ।
काठमाडौंको तार्केश्वरमा नेपाली कांग्रेसका श्रीराम थापाले १२० मत ल्याएका छन् भने एमालेका रामकृष्ण बोहराले ११५ मत ल्याएका छन् ।
दक्षिणकाली नगरपालिकामा एमालेका शशि शर्मा अर्यालले २७१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका मोहन वस्नेतले १२३ मत ल्याएका छन् ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका राजु श्रेष्ठले ४१० मत ल्याएका छन् भने एमालेका उद्धव खरेलले १५६ मत ल्याएका छन् ।
काठमाडौंको शंखरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठले १८७ मत ल्याएका छन् भने माओवादी केन्द्रका कृष्णराज सुवेदी १३८ मत ल्याएका छन् ।
नुवाकोटको तादी गाउँपालिका र विदुर नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । विदुरमा कांग्रेसमा ध्रुव अधिकारीले १०७ मत ल्याउँदा एमालेका सञ्जु पण्डितले १०५ मत ल्याएका छन् ।
रसुवामा २ स्थानमा एमालेले अग्रता लिएको छ भने, धादिङमा माओवादी केन्द्र र एमालेले १–१ स्थानमा अग्रता लिएका छन् ।
त्यस्तै मनाङमा एमालेले १ र नेपाली कांग्रेसले १ स्थानमा जित हासिल गरिसकेका छन् ।
म्याग्दीमा एमाले एक स्थानमा अगाडी रहेको छ । भने मुस्ताङका तीन स्थानमा स्वतन्त्र उमेदवारहरु अगाडि छन् ।
डोल्पाको शे फोक्सुन्डोमा एमाले विजयी भएको छ भने डोल्पो बुद्धमा एमाले निर्विरोध भएको छ ।
त्यस्तै रुकुममा माओवादी केन्द्र र नेपाली कांग्रेसले १–१ स्थानमा अग्रता लिएका छन् । सल्यानमा माओवादी केन्द्र एक स्थानमा अगाडि आएको छ ।
जुम्लामा नेपाली कांग्रेस तीन स्थानमा अग्रता कायम गर्न सफल भएको छ ।