०६ साउन २०८३, बुधबार

सचिवालयले टुंग्याउन नसकेपछि नेकपा विवाद अब स्थायी कमिटीमा

मंसिर २०, २०७७
सचिवालयले टुंग्याउन नसकेपछि नेकपा विवाद अब स्थायी कमिटीमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्र देखिएको विवाद सचिवालयबाट समाधान नभएपछि पार्टी स्थायी कमिटी बैठकमा छलफल गरिने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार ३ घण्टाभन्दा लामो बसेको नेकपा सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि सबै प्रस्तावहरू स्थायी कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटीको बैठक भोलि आइतवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने श्रेष्ठले जानकारी दिए । 

सचिवालय बैठकअघि २ अध्यक्षबीच बालुवाटारमा छुट्टै छलफल भएको थियो । शनिवारको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिए । मंसिर १७ गतेका लागि तय भएको सचिवालय बैठकमा भने ओली सहभागी नभएपछि बैठक औपचारिकतामा प्रवेशै नगरी स्थगित भएको थियो । 

कात्तिक २८ गतेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा एउटा दस्तावेज पेश गरेका थिए । मंसिर १३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डका आरोपको खण्डन गर्दै प्रत्युत्तर जवाफ पठाएका थिए । २ वटा दस्तावेज पेश भएपछि नेकपा विवाद जटिल मोडमा पुगेको थियो ।

सचिवालयलगत्तै नेकपा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएका छन् । यसअघि मंसिर १८ गतेदेखि स्थायी कमिटी र मंसिर २५ गतेदेखि केन्द्रीय कमिटी बैठक बस्ने तय भएकोमा १७ गतेको सचिवालय बैठक प्रभावित भएपछि भोलि आइतवारका लागि स्थायी कमिटीको मिति तय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्