०९ असार २०८३, मंगलबार

डोटी दुर्घटनामा मृतकको संख्या चार पुग्यो

मंसिर २१, २०७७
डोटी दुर्घटनामा मृतकको संख्या चार पुग्यो

डोटीको बोटगान फुड्सिल गाँउपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतकमध्ये तीन जना एकै परिवारका छन् । डोटीको दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको जीप सोही गाउँपालिका–७ चवराचौतारामा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा २८ वर्षीय मञ्जु त्रिपाठी, उनका ३ वर्षीय छोरा र उनकी सासूको मृत्यु भएको छ । यस्तै, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ चनेकेसैन कृषि प्राविधिक हरी भट्टको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्द्रबहादुर मल्लले बताए ।

मृतक मन्जु त्रिपाठीका ३ वर्षीय छोराको उपचारका लागि दिपायलतर्फ लैजाँदै गर्दा मृत्यु भएको हो । आफूले काखमै राखेर उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका उपाध्यक्ष भगवती बमले जानकारी दिइन् । 

कच्ची सडकमा जीप भीरबाट करिब २ सय मिटर तल खसेको छ । राति एक बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्