०६ असार २०८३, शनिबार

कोरोनाबाट सुर्खेतमा एक पुरुषको मृत्यु

मंसिर २१, २०७७
कोरोनाबाट सुर्खेतमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणपछि सिकिस्त बनेका सुर्खेतका एक पुरुषको मृत्यु भएको छ । मंसिर ९ गते कोरोना संक्रमित बनेका पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको हो । 

होम आइसोलेसनमा रहेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो । उपचारका क्रममा राति मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ । 

कोरोना संक्रमितको शव व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको छ । योसँगै सुर्खेतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्