२५ असार २०८३, बिहीबार

चिनियाँहरूले बनाए क्वान्टम कम्प्युटर, सुपरकम्प्युटरभन्दा १०० अर्ब गुणा बढी तीव्र

मंसिर २१, २०७७
चिनियाँहरूले बनाए क्वान्टम कम्प्युटर, सुपरकम्प्युटरभन्दा १०० अर्ब गुणा बढी तीव्र

चिनियाँ वैज्ञानिकहरूले क्वान्टम कम्प्युटर बनाएको दाबी गरेका छन् । जापानको फुगाकु सुपरकम्प्युटर अहिलेसम्मको सबभन्दा फास्ट कम्प्युटर हो तर चिनियाँ कम्प्युटर त्यसभन्दा १०० अर्ब गुणा तीव्र छ । 

परम्परागत कम्प्युटरहरूले अर्बौं वर्षमा बल्ल निकाल्न सक्ने हिसाब यसले एकैछिनमा निकाल्न सक्छ । 

यस कम्प्युटरबाट चीनले क्वान्टम जगतमा सर्वोच्चता हासुकल गरेको स्पष्ट हुन्छ । चीन र अमेरिकाबीच क्वान्टम कम्प्युटिङका विषयमा प्रतिस्पर्धा चलिरहेको सन्दर्भमा चीन अघि बढेको हो । 

पोहोर साल गूगलले परम्परागत मशिनहरूभन्दा आफू सर्वोच्च रहेको देखाएको सन्दर्भमा चीनको दाबी आएको हो । 
 

क्वान्टम फिजिक्सको उपयोग गरेर सूचना प्रशोधनलाई तीव्र बनाउनका लागि क्वान्टम कम्प्युटिङ उपयोगी हुन्छ । 

सामान्य कम्प्युटरहरूमा शून्य वा एक बिटमा डेटा भण्डारण हुन्छ भने क्वान्टम बिट (क्युबिट्स)हरूमा दुवै एकैपटक उपयोग हुन्छ । 

यसले क्युबिट्सलाई कम ऊर्जा प्रयोग गर्दै थप डेटा भण्डारण गर्न सहज बनाउँछ । 

salt training

कमेन्ट गर्नुहोस्