
अस्पतालको नाम सुन्नेबित्तिकै सबैको मनमा एक खालको त्रास पैदा हुन्छ । जोकोहीलाई अस्पताल जान मन पर्दैन ।
बिरामीले पीडित तस्वीर, सरकारी अस्पताल हो भने र लामो लामो लाइन, गुणस्तरहीन उपचारको तनाव छुट्टै हुन्छ ।
आज हामी एक यस्तो अस्पतालको कुरा गर्दैछौं जो तारे होटलभन्दा कम छैन । यो अस्पतालसँग मानिसको कुनै नातासम्बन्ध नै छैन ।
संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावीस्थित यो हस्पिटलमा केवल बाजको उपचार हुन्छ । यहाँ बाजको उपचार मात्रै नभइ रेखदेख पनि गरिन्छ ।
यो विश्वकै ठूलो अस्पताल भएको दाबी पनि गरिएको छ । बाजको रेखदेखका साथै उनीहरुको अप्रेशन पनि गरिन्छ ।
उनका लागि वेटिङ रुम, इमरजेन्सी वार्ड र अप्रेशन थिएटर पनि छ । उपचार सहुलियतमा गरिन्छ । अरब देशमा बाज पालन समृद्धिको प्रतिकका रुपमा लिइन्छ ।
यहाँको सरकारले अस्पताललाई आर्थिक सहायता पनि उपलब्ध गराउँदै आएको छ ।