२८ जेठ २०८३, बिहीबार

अझै भएन बेलायत–ईयू व्यापार सम्झौता

मंसिर २२, २०७७
अझै भएन बेलायत–ईयू व्यापार सम्झौता

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) को संक्रमणकालीन अवधि डिसेम्बर ३१ आउन अब करिब तीन साता मात्र बाँकी छ तर दुवै पक्षबीच ब्रेक्जिटपछिको भविष्यबारे भने अझै सहमति जुट्न सकेको छैन । खासगरी व्यापार सम्झौतामा दुई पक्षबीच जटिलता देखिएका छन् यद्यपि गतिरोध अन्त्य गरी सहमतिमा आउन दुवै पक्षको प्रयत्न जारी छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र ईयू (युरोपेली आयोग) का अध्यक्षबीच ब्रेक्जिटपछिको व्यापार वार्ता हुने भएको छ । प्रधानमन्त्री जोन्सन र आयोग अध्यक्ष उर्सला भोन डर लियनबीच सोमबार बेलायत ईयूबाट बाहिरिएपछिको भविष्यका विषयमा सोमबार वार्ता हुने जनाइएको छ । शनिबार उनीहरूबीच भएको टेलिफोन कुराकानीमा उक्त सहमति भएको हो । एक वक्तव्यमा दुई नेताले माछा मार्ने अधिकार, प्रतिस्पर्धा नियम र अन्य सम्झौता कसरी लागू गर्ने भन्ने अझै निश्चित नहुँदा समस्या भइरहेको बताएका छन् ।

उक्त वार्तामा विभिन्न आर्थिक तथा द्विपक्षीय सवालमा पनि छलफल हुने बताइएको छ । धेरै मतभिन्नता रहे पनि ब्रेक्जिटपछिको व्यापार सम्झौता गर्न ईयू यूके वार्ताको टेबुलमा आउने निर्णय गरेका हुन् ।

नेताहरूबीच आउँदो बिहीबार ब्रसेल्समा पनि वार्ता तय छ । सन् २०१६ को जुन २३ मा भएको जनमत संग्रहमा ५१ दशमलब ९ प्रतिशत जनताले ईयूबाट अलग्गिने पक्षमा मत हालेका थिए । यूकेले गत जनवरी ३१ मा ईयू छाडेपछि दुई पक्षका नेतालाई पोस्ट ब्रेक्जिट सम्झौता गर्न ११ महिना अवधि दिइएको थियो । यूके र ईयूसँग डिसेम्बर ३१ सम्म व्यापार सम्झौता, माछा मार्ने अधिकारलगायत मुद्दामा सहमित गर्न समय बाँकी छ । कान्तिपुर दैनिकमा नवीन पोखरेलले खबर लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्