
हास्य कलाकार मनोज गजुरेलले दोस्रोत बिहे गर्ने घोषणा गरेका छन् । पत्नी मिना सँगको सम्बन्धविच्छेदको दुई वर्षपछि आफूले बिहे गर्न लागेको जानकारी दिएका छन् ।
सम्बन्ध विच्छेदपछि समाजिक सञ्जालमा पनि एक अर्काको कुरालाई लिएर विवाद हुँदै आएको थियो ।
अहिले उनले आफू दोस्रो वैवाहिक जीवनमा प्रवेश गर्न लागेको बताएका छन् । यद्दपि उनले दोस्रो बिहे गर्न लागेको महिलाबारे भने खुलाएका छैनन् ।
उनको पृष्ठभूभिबारे खुलाउन समय लाग्ने बताएका छन् । उनका अनुसार छिट्टै बिहे गर्ने तयारी भएको छ ।