दिल्ली प्रहरीले सोमबार पाँच आतंकवादीलाई पक्राउ गरेको जनाएको छ । दिल्लीको लक्ष्मीनगर इलाकाको शंकरपुरबाट पाँच आतंकवादी पक्राउ गरेको जनाएको हो ।
प्रहरीको स्पेशल फोर्स र आतंकवादी बीच दोहोरो भिडन्त भएको बताएको छ । आतंकवादी छन् भन्ने खबर पाएपछि दिल्ली प्रहरीको स्पेशल फोर्स त्यस क्षेत्रमा पुगेको थियो ।
प्रहरी देखेपछि आतंकवादीले पहिले फाइरिङ सुरु गरेको र त्यसको जवाफमा प्रहरीले पनि फाइरिङ गरेको बताएको छ ।
पक्राउ परेकामध्ये दुई जना पञ्जावका हुन् भने तीन जना काश्मिरका रहेका छन् । खबर अनुसार पूर्वी दिल्लीको लक्ष्मीनगरको शंकरपुर इलाकामा स्पेशल फोर्स र आतंकवादीबीच जबरजस्त भिडन्त भएएको थियो ।
प्रहरीको तर्फबाट १३ राउण्ड फाइरिङ गरिएको बताइएको छ । नियन्त्रणमा लिएपछि उनीहरुमाथि छानबिन भइरहेको प्रहरीले बताएको छ ।